Ads

नार्कको बाँझो जमिनबारे अध्ययन गर्न कार्यदल


काठमाडौ\ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेका विभिन्न कार्यालयमा रहेको बाँझो जमिनबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको निर्देशनमा नार्कले वैज्ञानिक विवेक सापकोटाको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलले आफ्नो काम सुरु गरिसकेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताए ।  नार्क अन्तर्गत देशभर रहेको कार्यालयमातहत कति बाँझो जमिन छ, त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, कहाँको जमिनमा के बाली लगाउन सकिन्छ जस्ता विषयको अध्ययन गरी कृषिमन्त्री भुसाललाई बुझाउने उनको भनाई छ ।

नार्क अन्तर्गत एक हजार २७२ हेक्टर जमिन छ, त्यसमध्ये ५९ प्रतिशत मात्र प्रयोगमा आएको र बाँकी बाँझो अवस्थामा रहेको वैज्ञानिक सापकोटाले बताए ।  नौ प्रतिशत जमिनमा कार्यालय र बाटो रहेको छ भने ५० प्रतिशत जमिन अनुसन्धानका लागि प्रयोग भइरहेको छ । यता ४१ प्रतिशत जमिन बाँझो रहेको प्रारम्भिक अध्ययनले देखाएको उनको भनाई छ ।

इटहरीमा दुई हेक्टर, पारपाथरेमा सात हेक्टर, बन्दीपुरमा ६२ हेक्टर, रसुवामा एक हेक्टर, पाख्रेबासमा ६३ हेक्टर, बेगनासमा एक हेक्टरलगायत यसरी विभिन्न ठाउँमा बाँझो जमिन देखिएको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू