Ads

भारतीय मुलका थर्मन बने सिंगापुरको राष्ट्रपति, ल्याए ७० प्रतिशतभन्दा बढी मत


काठमाडौं । सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित भएका छन् । निर्वाचनमा दुईजना प्रतिद्वन्द्वीलाई पारजित गर्दै ७०.४ प्रतिशत मत ल्याउँदै उनी निर्वाचित भएका हुन् । थर्मन भारतीय मूलका सिंगापुरका चर्चित अर्थशास्त्री हुन् ।

पीपल एक्सन पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। थर्मनका प्रतिद्वन्द्वी आं कोक सन्गले १५.७ र तान किन लियानले १३.८८ प्रतिशत मात्र मत ल्याए । सिंगापुरको राष्ट्रपति पद कार्यकारी पद होइन । यद्यपि, राष्ट्रपतिसँग वित्त भण्डारसम्बन्धि केही शक्ति भने हुन्छ ।

राष्ट्रपतिलाई स्वतन्त्र रुपमा बोल्न पनि यहाँ बन्देज छ । सिंगापुरको सरकारले चाहेको खण्डलाई राष्ट्रपतिलाई हटाउन पनि सक्छ । थर्मनले यअघि सिंगापुरका अर्थमन्त्री र उपप्रधानमन्त्रीका रुपमा कार्यभार निर्वाह गरिसकेका छन् । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरिसकेको उनलाई अनुभव छ । कुनैबेला उनी मुद्रा कोषको अध्यक्षको दाबेदारसमेत थिए ।

Ads

सम्बन्धित पोष्टहरू