काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यवसायी मीनबहादुर गुरुङलाई हिरासतमा राखेर गलत गरिएको बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा कार्यक्रममा उनले गुरुङलाई बाहिर नै राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
नेता पाण्डेले भने, ‘तपाईंले देख्नुभएको छ । ठूला व्यवसायीहरु कोही जेल गएर बसेका छन ? मुद्दा चलेर हिँड्छ । हाम्रो देशमा हेर्नुस् न मीनबहादुर गुरुङ जेलमा परेको छ । त्यो के पैसा लिएर भाग्छ मीनबहादुर ? सम्पत्ति बोकेर जान्छ ? २५/२६ वटा भाटभटेनी छ । त्यो भाटभटेनीको घर बोकेर भाग्छन् ? नेपालमा केही गर्छु भन्ने व्यवसायीलाई अपराधी गर्न हुँदैन ।’
गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्