Ads

इलामको सबै वडामा यस वर्ष विद्युत् विस्तार हुने


इलाम । इलामको सबै क्षेत्रमा यस वर्ष विद्युत् विस्तार हुने भएको छ ।

दशवटा पालिका रहेको इलाममा ८१ वटा वडा रहेका छन् । यस वर्ष यी सबै स्थानमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण इलाम बितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले जानकारी दिए ।

जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् पुगेको र केही वडामा मात्र बाँकी रहेको जानकारी दिँदै यादवले जिल्ला भर उज्यालो बनाउने योजना अनुसार विद्युतीकरणको काम तीब्र बनाइएको उनको भनाई छ ।

मुख्य गरी विद्युत् नपुगेका साकफारा,लुम्दे क्षेत्रका गाउँपालिका फाकफोकथुम, माङसेबुङ र चुलाचुलीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम भइरहेको छ ।

जिल्लाको विकट स्थानहरुमा पनि तार, पोल पुर्‍याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको कार्यालयले जनाएकोे छ ।

Ads

सम्बन्धित पोष्टहरू