Ads

मेयर बालेन्द्रको अभिव्यक्तिप्रति काठमाडौँ प्रशासनको ध्यानाकर्षण


काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र  साहको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउन र जथाभाबी वक्तव्यबाजी नगर्न सबैमा प्रशासनको आग्रह छ ।‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको ब्यहोरा जगजाहेर छ ।

प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,’ विज्ञप्तमा भनिएको छ ।
अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिक प्रशासनको आग्रह छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ । लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू