Ads

आसिफ शेखले बनाए अर्धशतक


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आशिफ शेखले भारतविरुद्ध ऐतिहासिक अर्धशतक पूरा गरेका छन्।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू