बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
उनीसँगै सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभागको स्रोतले जानकारी दिएको छ ।
निर्वाचन प्रक्रृयासँगै सहमतिको प्रयास पनि जारी रहेको स्रोतले बताएको छ । आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको जिम्मेवारी समालेका थिए ।
प्रतिक्रिया दिनुहोस्