Ads

सर्वोच्चमा कोशी प्रदेश विवादकाे आज पनि सुनुवाइ हुने


काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ । साेमबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएकाे रिटकाे सुनुवाइ आज हुने भएकाे हाे ।

साेमबार न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि नभ्याएका कारण आजका लागि राखिएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।  उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू