Ads

एमाले अधिवेशन : लुम्बिनीमा मतदानबाटै छिनोफानो


बुटवल–नेकपा एमाले लुम्बिनी प्रदेशमा आज मतदान हुँदैछ । बुटवलमा जारी एमाले अधिवेशनमा आज हुने मतदानका लागि निर्वाचन समितिले हिजो राति अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार पाँच पदाधिकारीका लागि १३ जनाका उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्ष ४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा एकल उम्मेदवारी परेपछि लक्ष्मण आचार्य निर्विरोध हुनुभएको छ ।  यस्तै उपसचिवमा पुरुषतर्फ ३ जना र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ ।

Ads

सम्बन्धित पोष्टहरू