Ads

सुन तस्करी प्रकरणमा सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुत्रसँग बयान


काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ। सुन बरामद हुँदा बिदामा भए पनि उनीसँग सीआईबीले सोधपुछ गरेको हो।

यो प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको छ।

सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि सीआईबीले सोधपुछ गरेको छ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सोमबार झिकाएर सोधपुछ गरिएको सीआबी स्रोतले जनाएको छ।

भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू