इलाम\ देशकै पहिलो टी टेस्टिङसहितको अनुसन्धान केन्द्र इलामको कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण भएको हो ।
आर्थिक वर्ष २०७६र७७ मा सुरु भएको टी टेस्टिङ सेन्टरसहितको अनुसन्धान केन्द्रको निर्माण १३ करोड ६५ लाख रुपियाँको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए । उक्त टी टेस्टिङ सेन्टरसहितको अनुसन्धान केन्द्र निर्माणका लागि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले लगानी गरेको थियो ।
इन्जिनियर सुवेदीका अनुसार दुई चरणमा गरेर निर्माण कार्य सम्पन्न भएको हो । पहिलो चरणमा आव २०७६\७७ मा भवन निर्माणको काम आशिषरआर्शिवाद जेभीले ठेक्का लिएको थियो । दोस्रो चरणमा भित्री डिजाइनसहितको काम सूर्योदयरफाल्गुनन्द जेभीले ठेक्का सम्झौता गरेको थियो । अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी रहेकाले उक्त काम सक्नका लागि ठेक्का प्रव्रिmयामा छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आव २०८०\८१ मै टी टेस्टिङसहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताएका छन् । देशमै पहिलो पटक टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उक्त स्थानमा चिया सङ्ग्रहालय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेस्ट हाउस र सभा हल रहेको जानकारी दिए । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधा सम्पन्न गेस्ट हाउससमेत सञ्चालन गर्ने छ ।
उक्त केन्द्रमा दाम बढाबढ्को आधारमा स्वदेशी तथा विदेशी चिया पारखीले चिया खरिद गर्न सक्ने छन् । चियाको अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिने छ ।
प्रतिक्रिया दिनुहोस्