Ads

विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार: मन्त्री बस्नेत


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनहरूको प्रवर्द्धन र बिस्तारका लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।

बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रूपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको बताए ।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने विश्वास रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले विद्युतीय सवारीसाधनहरूले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए ।

सरकारले जलविद्युत् क्षेत्रको दीगो विकासका लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारीसाधनहरूको प्रवर्द्धनका लागि सरकारले नीतिहरू निर्माण गरिहेको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले विद्युतीय सवारीसाधनको क्षेत्रलाई सरकारले कानुनी व्यवस्थामा मात्रै सीमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानका रूपमा अगाडि बढाउने बताए ।

चार्जिङ स्टेशनहरूको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्त्वपूर्ण सावित हुने मन्त्री बस्नेतको भनाइ छ । उनले विद्युतीय अन्य वस्तुहरू नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू