काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रिकेट विकासका लागि दलका तर्फबाट के गर्न सकिन्छ, त्यो गर्ने बताएका छन ।
एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा विकासका लागि दलका तर्फबाट के गर्न सकिन्छ, त्यो गर्ने बताएका हुन ।
लामिछानेले त्रिभुवन विमानस्थलमा भने, “संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।”
उनले अघिल्लो पुस्ताले नै अहिलेजस्तो खेल्ने सपना देखोको भन्दै त्यो सपना यो पुस्ताले पूरा गरेको बताए । उनले आफू राजनीतिक दलको नेतृत्वमा पुगेको र दल संसद्मा पनि रहेको भन्दै दलले के गर्न सकिन्छ, त्यो गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्