Ads

प्रचण्डले ‘जनयुद्ध’का पीडित पक्षसँग माफी माग्नुपर्छ: वामदेव गौतम


काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रममा उनले ‘जनयुद्ध’ कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै ‘जनयुद्ध’का पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने बताए । राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभई गल्ती हुने उनको जिकिर छ ।

नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को बिरुद्धमा रहेकोले हट्नैपर्ने बताए । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताए ।

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवादभन्दा अरु केही नरहेको जिकिर गरे। पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शंकाको घेरामा आएको निष्कर्ष निकालेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू