Ads

एकसाथ ५१ चार्जिङ् स्टेशन


काठमाडौ\ नेपाल विद्युत् प्राधिकरणले ५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकैपटक सञ्चालनमा ल्याएको छ । दुई वर्षअघि निर्माण सुरु गरिएका चार्जिङ स्टेसन बुधबार देखि सञ्चालनमा आएका हुन् ।

पूर्वाधार विकास आयोजनाअन्तर्गत विद्युतीय सवारीसाधन चार्ज गर्न मिल्ने गरी सातै प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो बस, ट्रक, पिकअप तथा कार चार्ज गर्न मिल्नेछ भने २५ वटामा सानार ठूला कार चार्ज गर्न मिल्छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित महेन्द्र प्रहरी क्लबमा रहेको चार्जिङ स्टेसन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा विद्युतीय सवारीसाधनको उपभोग बढाउन सरकारले चार्जिङ स्टेसन निर्माणमा जोड दिएको जनाए । उनले विद्युतीय गाडी नेपालमै उत्पादन गर्न लगानीकर्तालाई आकर्षित गर्न सरकारले नीति निर्माणमा जोड दिएको पनि जानकारी दिए ।

प्राधिकरणले अन्य ११ स्थानमा पनि चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । थप पाँच सयवटा चार्जिङ स्टेसन स्थापना गर्ने योजना बनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू