Ads

डेढ महिनामा तीन सयभन्दा बढी द्युतिय सवारी साधन भित्रिए


रसुवा\ रसुवा भन्सार कार्यालयबाट चालु आर्थिक बर्षको डेढ महिनामा रसुवागढी नाकाबाट  तीन सयभन्दा बढी चिनियाँ बिद्युतिय सवारी साधन भित्रिएका छन् ।

नेपाली व्यवसायीमार्फत नेपाल ल्याईएका विभिन्न खाले तीन सय छ वटा बिद्युतीय सवारी साधनको भन्सार प्रक्रिया पूरा गरिसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले जानकारी दिए ।

यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार र भ्यान रहेका छन् । रसुवागढी नाका हुँदै नेपाल भित्रिएका अन्य सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् ।

सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिएसँगै विद्युतीय सवारी साधन आयात उल्लेख्य मात्रामा बढेको हो ।

Ads

सम्बन्धित पोष्टहरू