काठमाडाैँ । राप्रपा महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपासँग संलग्न नभएको बताएका छन् ।
यादवलाई आक्रमण गर्ने श्यामबहादुर सापकोटालाई कारबाही गर्न उनले माग गरे ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक सययमा राप्रपा नेता राणाले यादवमाथिको आक्रमणलाई लिएर राप्रपामाथि आक्षेप लगाउने काम नगर्न आग्रह गरेका हुन् ।
‘हिजो महेन्द्र यादव र मसँगै थियौं, हामीले बोलेपछि बाहिरिने क्रममा एउटा व्यक्तिले खुकुरी प्रहार गर्यो ।
यो विषयलाई लिएर राप्रपालाई आक्षेप लगाउने कुरा नगरौं’ राणाले भने, ‘त्यो व्यक्तिले राजसस्था, एमसीसीको नारा लगाएको थियो । राप्रपा हिंसाको राजनीतिमा कहिल्यै विश्वास गरेको छैन, त्यो व्यक्ति हाम्रो पार्टीसँग संलग्न थिएन । उमाथि कारबाही होस् ।’
प्रतिक्रिया दिनुहोस्