Ads

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिर


काठमाडौँ । आइसिसी महिला आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो। यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ।

जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कामोचम्फुले र नाटाया बुचाथमले समान ३-३, थिपाचा पुथाओङले २ विकेट तथा सुनिडा चाटुरोन्ग्राटाना, फनिता मायाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

थाइल्यान्डका लागि नानापाट खोन्चारोएन्काईले अविजित ५९ रन तथा नाथाकान चानथामले ३१ रनको योगदान गरे ।

नेपालका लागि पूजा महतो र कविता कुँवरले १-१ विकेट हात पारे ।

Ads

सम्बन्धित पोष्टहरू