Ads

बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं :अर्थमन्त्री महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानीसमेत नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताएका हुन् ।

उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे । नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिनेसमेत अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्री महतले भारतमा १० हजार मेघावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए । उनले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू