काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका राजदूत तथा सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन्।
गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई स्वीजरल्याण्डका लागि सहित ६ देशका लागि राजदूत सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस्