Ads

‘दाइ’ले टिकट दिने परिपाटी १५औँ महाधिवेशनबाट बदलौं : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ ‍औँ महाधिवेशनबाट पार्टीमा दार्इ प्रवृत्ति अन्त्य गर्ने बताएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार भएको नेपाल महिला संघको तिज कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आगामी महाधिवेशनबाट ‘टिकट बाँड्ने अधिकार दाइलाई नदिने’ बताए। दाइलाई टिकट बाँड्ने अधिकार दिँदा दाइले भाउजूलाई दिने‍ भन्दै उनले विकृति बढेको बताए।

उनले भने, ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले टिकट भाउजूलाई दिन्छन्। सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’

Ads

सम्बन्धित पोष्टहरू