Ads

मानव तस्करी गिराेहका नाइके हस्त गौतम उर्फ ‘मृदुल’ पक्राउ


काठमाडाैँ । अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूकुमको सिस्ने गाउँपालिकाकाे नाथीगाड घर भइ हाल अमेरिकाको टेक्सास बस्ने अमेरिकन नागरिक वर्ष ५२ का मृदुल भन्ने हस्त गौतम रहेका छन्।

उनले नेपाली नागरिकहरूलाई युएई(दुबई), थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायतका देशमा पुर्‍याइ राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेको पाइएको छ।

‘उनीविरुद्ध ६ जना पीडितको जाहेरी छ,’ उनले भने, ‘गौतमसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’ पक्राउ परेकाविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ।

ब्युरोले गत ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आफ्नो बैंक खाता प्रयोग गर्न दिएर गिरोहलाई सघाउने अन्य दुईजना पनि थुनामा रहेको ब्युरोले जनाएको छ। गिरोहमा धेरैजना भए पनि गौतम नै नाइके भएको एसएसपी श्रेष्ठले बताए।

विभिन्न देशमा गौतमका एजेन्ट
रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए।

त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सास पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुगेका थिए।

सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको उनले बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू