Ads

राष्ट्रिय सभाकाे बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडाैं । भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू