Ads

बाँके बस दुर्घटना अपडेट: मृतकमध्ये ६ जनाको सनाखत, २९ घाइतेको उपचार हुँदै


बाँके । शुकुबार राति दाङबाट आउँदै गरेको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये ६ जना बर्दियास्थित ठाकुरबाबा नगरपालिकाका रहेको खुलेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ठाकुरबाबा नगरपालिका ९ मा रहेको सामुदायिक वनबाट भ्रमण गएको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुर्घटनामा कस्तुरी थापा ९५५०, काँशीराम थारू ९५००, रूपा परियार ९५००, जयन्ति थारू ९३५० र साधुराम चौधरी ९६५० को मृत्यु भएको छ । यी सबै ठाकुरबाबा नगरपालिका वडा ९ का बासिन्दा हुन् ।

यसैगरी उक्त दुर्घटनामा ठाकुरबाबा ८ का जुगबहादुर चन्दको पनि मृत्यु भएको छ । मृतक ३५ वर्षीय चालकको भने परिचय खुलेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बसमा जम्मा ४१ जना रहेकोमा घाइतेमध्ये २९ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जानकारी दिए ।

बाँकी ५ जना भने सकुशल रहेका छन् । शुक्रबार राति दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू