Ads

नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपालको निजी निवासमा उनीहरूबीच आज बिहान भेटवार्ता भएको हो ।

उनीहरुबीच नेपाल र चीनबीच द्विपक्षीय हित, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका विविध विषयमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ । सत्ता साझेदार दलका नेता नेपालले प्रधानमन्त्रीको चीन भ्रमण र दुई देशबीच हुने सम्झौताका विषयमा चासो राखेका थिए ।

भ्रमणलाई प्रभावकारी बनाउने विषयमा उनीहरु बीच छलफल भएको बताइएको छ । स्रोतका अनुसार भेटका क्रममा अध्यक्ष नेपालले राजदूत सोङसँग चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको पुरानो नक्सा राखेको र नयाँ चुच्चे नक्सा नराखिएकोप्रति चासो व्यक्त गरेका थिए ।

चीनको प्राकृतिक संसाधन मन्त्रालयले छिमेकी मुलुकहरूसहितको मानक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा नेपालको संसदबाट पारित भइसकेको चुच्चे नक्सा नसमेटिएपछि चीनको चर्को विरोध भइरहेको छ । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायले नेपालको नक्साको सम्मान गर्नुपर्ने बताएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू