Ads

सदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको बताएका छन् । अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटिले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताएका हुन् ।

ओलीले सामाजिक सुप्रवन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको बिशेष महत्व रहेको बताए । उनले मुलुकको अवस्थामा परिवर्तन ल्याएपनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे । ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घाखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरुमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफु जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहोरीने खतरा कायमै रहेको बताए । उनले आयातित वस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे । मुलुकका उत्सव चाडपर्वहरुले आफ्ना खुट्टामा आफै उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू