Ads

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान


पोखरा \ सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो ।

तीन यात्रु लिएर आएको एक सय ५० यात्रु क्षमताको ड्रुकको त्यो जहाजमा पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ । ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले दश अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ । यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ ।

ड्रुकको विमान बिहान पौने ७ बजे अवतरण गरी यात्रु लिएर पौने ८ बजे फर्किएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रुहरू विदेशका लागि उडेका छन् । विमानस्थलले सुरु भएको आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ ।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले विमानस्थलबाट शनिवार भएको उडानले पहिलो पटक आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानिएको बताएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू