धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटामा जङ्गली हात्तीले धानबालीमा क्षति गर्न थालेपछि किसान खेतमै जाग्राम बस्न थालेका छन् ।
हात्तीबाट धानबाली जोगाउन उनीहरू रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । आइतबार राति खेतमा आएको हात्तीको ठुलो झुन्डले मोहना नदी पारी रहेको कगलहरमा धानबाली नष्ट गरेको किसानले जनाएका छन् ।
दुधुवा नेशनल पार्कबाट ठुलो सङ्ख्यामा आएको हात्तीको झुन्डले कयौँ किसानको धानबालीमा नोक्सान गरेको स्थानीय कृषक फुलराज चौधरीले जानकारी दिनुभयो । करिब दुई बिघासम्म धानखेतीमा हात्तीले क्षति गरेको उहाँको भनाइ छ । हात्तीले धानबाली खानुका साथै कुल्चेर क्षति गरेको किसानले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्