Ads

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु


काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा उडान सुरु गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे । उनले उक्त विमानस्थल बीआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए । चीनका विभिन्न सहरबाट पोखराको सहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गरे ।

मन्त्री किरातीले काठमाडौं–पोखरा–चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे । धेरै चिनियाँ नागरिकलाई पाहुनाको रूपमा नेपाल भित्र्याउन सके र ग्रामीण संस्कृतिको जरासम्म पुर्‍याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू