काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुको समाधिस्थल पुगेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आज बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गरेकाे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिए ।
महासचिव पोखरेलले शनिबार चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका थिए । महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली यही भदौ १६ गते पार्टीको चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएको हो ।

प्रतिक्रिया दिनुहोस्