Ads

ललिता निवास प्रकरणमा १७ जना धरौटीमा, दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश


काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

अभियुक्त केशव दुलाल भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

अरु कोसँग कति धरौटी माग ?

केशव तुलाधर,साधारण तारेखमा रिहा,

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५०

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १०

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकरि घिमिरे –७ लाख ५० हजार

Ads

सम्बन्धित पोष्टहरू