काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४९ सदस्यले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्ताव सोमबार बिहानै इमेलमार्फत पठाएको र भौतिक रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।
अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।
उनले अघि भने, ‘उहाँहरुले एक वर्षमा गर्नुपर्ने धेरै प्रतियोगिता गर्न सक्नुभएन । उहाँहरुलाई राखिराख्दा नेपाली फुटबल झन् तल जान्छ भनेर यो निर्णय लिएका हौं ।’
एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।
प्रतिक्रिया दिनुहोस्