विराटनगर । प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताए ।
समाजवादी मोर्चाले सोमबार बिराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले सम्बोधन गर्ने क्रममा सोमबार उनले आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको पनि बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छ। एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन्। आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताए।
‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्याउने प्रतिज्ञा लिएको छु,’ प्रधानमन्त्रीको भनाइ थियो।
उनले लामो समयदेखि रहेको नागरिकतताको समस्या पनि समाधान यो सरकारले गरेको बताए।
‘नागरिकताको समस्या धेरै वर्षदेखि थियो। यही सरकारले नागरिकताको समस्या समाधान गर्न दृढताकासाथ अघि बढेर मूलभूत रुपमा समाधान गर्यो। या ठूलो उपलब्धि हो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्