Ads

तय भएका कार्यक्रम रद्ध गरि नेपाल फर्किदै महासचिव पोखरेल


काठमाडौँ\ चीन भ्रमणमा रहनुभएको नेकपा एमाले महासचिव शंकर पोखरेल आज नेपाल फर्किदैछन् । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधन भएपछि महासचिव पोखरेल नेतृत्व आज नेपाल फर्किन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी चीन भ्रमणमा गएका थिए। पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किन लागेको बताइएको छ । आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किन जनाइएको छ ।

टिकट पाएपछि भ्रमण दलको सबै सदस्य फर्किने निर्णय भएको नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू