काठमाडौ \ हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार छोराहरु आए पछि भोलि गरिने भएको छ । उनका दुवै छोरा विदेशमा रहेका छन् । उनीहरु आएपछि मात्रै अन्तिम संस्कार हुने बताइएको छ ।
दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ ।
दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ ।
नेम्वाङलाई गए राति हृदयाघातका कारण निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्