काठमाडौं । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा। डा। भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरियो ।
फाउण्डेसनको तर्फबाट गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्रा। डा। कोइरालालाई प्रदान गरे । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ कार्यक्रममा बोल्दै आनीले भनिन्, ‘सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।’
स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् । कार्यक्रममा डा। कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिंदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे । ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए,’ उनले भने, ‘सोही अनुसार अब संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य छ ।’
प्रतिक्रिया दिनुहोस्