Ads

नेम्वाङकाे पार्थिव शरीरमा पूर्वराष्ट्रपति भण्डारीले ओढाइन राष्ट्रिय झण्डा


काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेकी छन् ।

नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति भण्डारी मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङको पार्थिव शरीमा राष्ट्रिय झण्डासमेत ओढाएकी छिन् ।

भण्डारी राष्ट्रपतिको दोस्रो कार्यकाल सकेर शीतलनिवासबाट फर्किएपछि पहिलोपटक एमाले मुख्यालयमा पाइला टेकेकी हुन् ।

पूर्वसभामुख नेम्वाङको हृदयघातका कारण गएराति शिक्षण अस्पतालमा निधन भएको थियो । नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यालसमा ल्याइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू