काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अस्पताल आइपुग्न अघि नै निधन भइसकेको जनाएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।
३५ मिनेटसम्म कोसिस गर्दा पनि जीवित रहेको कुनै संकेत नदेखिएपछि उनलाई राति ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।
दासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई यस अस्पतालमा मिति २०८०/०५/२६ गते राती १ः५० बजे उपचारको लागि ल्याईएको र चिकित्सकबाट जाँच गर्दा जीवन सम्बन्धी कुनै चाल नदेखिएको अवश्था थियो । त्यस बखत उहाँको आँखाको नानी फुलि सकेको र स्थिर रहेको साथै BP र Pulse Unrecordable भएकोले चिकित्सकद्धारा ३५ मिनेटसम्म C.P.R.गर्दापनि जीवन सम्बन्धी कुनै संकेतहरु नदेखिएकोले ३.०० बजे मृत घोषणा गरेको जानकारी गराइन्छ।’
प्रतिक्रिया दिनुहोस्