Ads

राप्रपाले आज गौहत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गर्दै


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ । राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू