Ads

५० जनालाई मुद्दा चलाउन सीआईबीको राय, साढे ३ अर्ब बिगो दाबी


काठमाडाैँ । ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ अर्ब ५० करोड २ लाख बिगो कायम गरेर मुद्दा दायर गर्न सिफारिश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतवार बुझाउने तयारी गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले उक्त रकम बराबर बिगो कायम गर्नुपर्ने राय पेश गरेको हो ।

यही समूहले ३०२.६२ किलो थप सुन भित्र्याएको पाइएको भन्दै सीआईबीले त्यस आधारमा बिगो कायम गर्नुपर्ने निष्कर्ष पेश गरेको हो ।

सुन प्रकरणमा पक्राउ परेका चाइनीज समूहले पाँचवटा कम्पनी खडा गरी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

उनले भनिन्,’रेडीट्रेड प्रालिबाट आयातित भएको ६० किलो सुनपछि बरामद भएका ब्रेक प्याडहरूलाई यकिन तौल गर्दा थप ३०२ किलो देखिएको हो। ‘ उनका अनुसार सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरी मुद्दा ल्याउनेगरी तयारी भइरहेको छ। तस्करको समूहले अन्य माध्यमबाट पनि सुन ल्याएको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सुन प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएकाले यसबारे थप अनुसन्धान भइरहेको छ।

सुन प्रकरणमा सीआईबीको ४२ जनाको टोलीले अनुसन्धान गरिरहेको छ। सुन तस्करमा नेपाली,भारतीय,चाइनिज र ताइवानी नागरिक संलग्न रहेको पाइएको छ।

Ads

सम्बन्धित पोष्टहरू