Ads

नेम्वाङका दुवै छोरा विदेशबाट आइपुगे,भोलि पशुपति आर्यघाटमा दाहसंस्कार


काठमाडाैँ । दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।

पार्थिव शरिर अन्तिम संस्कारका लागि पार्टी कार्यालय च्यासलबाट बालुवाटारस्थित घरतर्फ लगिएको छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबारदेखि राखिएको थियो।

तर अब दुवैजना छोराहरु अस्ट्रेलिया र बेलायतबाट आइसकेपछि बिहीबार अन्तिम संस्कार गर्न लागिएको हो। दुवै छोराले बुवाको पार्थिव शरीरमा च्यासलमै अन्तिम श्रद्धाञ्जली दिएका छन्।

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान काठमाडौं उत्रिए। दुई साताअघि मात्रै अस्ट्रेलिया गएका कान्छा छोरा सुहाङ मंगलबार राति नै आइपुगेका थिए।

अब नेम्वाङको निवासमा लिम्बु परम्परा अनुसार मुन्धुमी विधिबाट अन्तिम संस्कार अघि बढाइनेछ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिहीाबर बिहान ११ बजे नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने बताएका छन्।

राजकीय सम्मानसाथ हुने नेम्वाङको अन्त्येष्टिका दिन बिहीबार नै सरकारको निर्णयानुसार शोक बिदा दिइएको छ।

Ads

सम्बन्धित पोष्टहरू