Ads

नेम्वाङको शवयात्रापछि आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेले सबैलाई अनुरोध गरेको छ ।

शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ । नेम्वाङको गत मंगलबार निधन भएकाे हाे ।

Ads

सम्बन्धित पोष्टहरू