Ads

रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु


डडेलधुरा\ सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ ।

घाइते वीर बहादुर कुँवरको उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू