Ads

आश्रममा रहेका बाबुका गुनासो


नारायणगढ (चितवन)  । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए । बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै ।

उनले भने, “छोराछोरीको कमाइको के आश गर्नु ।” तीन भाई छोरा र दुई छोरी काभ्रेमा रहे पनि उनी श्रीमतीको निधन पछि आश्रममा बस्न थालेका थिए । कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो । देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आएका उनलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान भन्ने थियो तर कसैले खबर नगरेपछि निराश भए । श्रेष्ठले  भने, “केही दिनअघि त फोन सम्पर्क भएको थियो । अहिले छैन । आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू