Ads

नेम्वाङको सम्झनामा भीम रावलकाे कविता: सुवास ढल्दा ढाकियो पुष्प सुवासै गयो नि !


काठमाडाैँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको सम्झनामा नेता भीम रावलले कविता लेखेका छन् ।

दिवंगत नेता नेम्वाङप्रति श्रद्धाञ्जलीसहित कविता समर्पित गरेको रावलले उल्लेख गरेका छन् ।

यही २६ भदौमा नेम्वाङको निधन भएको थियो । आज राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको छ । नेम्वाङ नेपाली राजनीतिमा भद्र नेताको रूपमा परिचित थिए ।

श्रद्धाञ्जली !

– भीम रावल

सुन्तला बारी इलामको डाँडा अँध्यारो भयो नि
सुवास ढल्दा ढाकियो पुष्प सुवासै गयो नि !
अनुहार तिम्रो अगाडि आउँछ देशको कानूनमा
उकाला-घुम्ति कुल्चेको संगै विगत जीवनमा ।

पूर्व र पश्चिम जोडौं ल भन्थ्यौ हितमा समाजको
मुस्कुराइ भन्थ्यौ अपेक्षा गरौं उज्यालो आगतको
यात्रामा तिमी अथक सधैं गन्तव्य छुनलाई
जनजनको मनमा बास बस्न सक्ने मानव हुनलाई ।

सम्झना मात्र जीवित छन् अब छोडेर गइहाल्यौ
अनन्त क्षितिज कहाँ हो विलिन क्षणभरमा भइहाल्यौ
सुकर्म तिम्रा मर्ममा हाम्रा सदैव रहने छन्
श्रद्धा सुमन अर्पण गर्छु भारी छ अति मन ।

Ads

सम्बन्धित पोष्टहरू