Ads

अञ्जलीलाई टम्पशेरले मुखले ठिक्क बनाएपछि… (भिडियोसहित)


काठमाडौं । नेपाली समाजका युवायुवतीहरुले एकले अर्कामा घुर्की लगाउँनु वा दोष दिनु पर्‍यो भने सबैभन्दा धेरै प्रयोग हुने शब्द हो ‘मुखले ठिक्क बनाउने’ । कसैले मनमा एउटा सोच्यो र मुखले अर्को बोल्यो भने समस्या आइपर्छ ।

यस्तै समस्यामा मोडल अञ्जली अधिकारी र टम्पशेर राई एकले अर्कामा आफैं परेका छन् । उनीहरु वास्तविक जीवनमा नभइ एक भिडियोमा कथामा अभिनय गर्ने क्रममा यस्तो अवस्थाको फेला परेका हुन् ।

नेपाली गीतसंगीतको श्रृजनामासमेत सक्रियता देखाउँदै चर्चासमेत कमाएका टम्पशेर राईले पछिल्लो पटक अञ्जली अधिकारीसँग स्क्रिन शेयर गरेको भिडियो सार्वजनिक भएको छ । ‘मुखले ठिक्क बनाउने’ गीतको शब्द तथा संगीत भद्र नकलको रहेको छ भने मेलिना राई र चुडामणि मगरको स्वर रहेको छ ।

अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको भिडियोमा ताराबीर पाण्डेको निर्देशन रहेको छ । मुकेश हुमागाईंले छायाँकन गरेका छन् भने सञ्जिला सुमित्राको कोरियोग्राफी र विकाश धमलाको सम्पादन रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू