Ads

आज ५९औं राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम मनाइँदै


काठमाडौँ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ५९औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १५, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ । नेपालमा बालदिवस पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहास छ ।

Ads

सम्बन्धित पोष्टहरू