काठमाडौँ–काठमाडौँ र ललितपुरका केही क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि काठमाडौँ र ललितपुरका केही क्षेत्रमा तीन दिन विद्युत् अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ देखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ देखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ देखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्