Ads

ढाकाकुमारका विषयमा भ्रमित कुरा पोष्ट गर्ने एक जना पक्राउ


कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठका विषयमा सामाजिक सञ्जालमा भ्रमित कुराहरु पोस्ट गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला ५ ठूलीबाराका ३५ वर्षीय सूर्यबहादुर रेग्मी छन् । नेता श्रेष्ठको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने जस्ता कुराहरु लेखी पोस्ट गरेका थिए ।

श्रेष्ठले आफ्ना विषयमा जथाभावी लेख्नेलाई कारबाही गरिपाउँ भनी उजुरी गरेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू