Ads

प्रस्तावित न्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया सुरु


काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ भइरहेको हो ।

संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरेपनि प्रस्तावित न्यायाधीशविरुद्ध  कुनै उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो । शर्माको संसदीय सुनुवाइका लागि भदौ १५ गते बसेको संसदीय सुनुवाइ समिति बैठकले १० दिनको उजुरी आह्वान गरेको थियो ।

उजुरीमाथि छानबिन गरेर आज प्रस्तावित न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुन लागेको हो । भदौ १० गते न्यायपरिषद बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदी सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्चमा काजमा थिए ।

Ads

सम्बन्धित पोष्टहरू